Kathmandu Press

राखेपको प्रशासन विभाग प्रमुखमा थापा

काठमाडौं, साउन ३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई दिइएको छ।

प्रशासन विभाग....

राखेपको प्रशासन विभाग प्रमुखमा थापा

काठमाडौं, साउन ३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई दिइएको छ।

प्रशासन विभागका प्रमुख बासुदेव आचार्यले बिहीबारदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि थापालाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि थापा खेलकुद विकास विभागमा थिए।

खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ। बस्नेतको ठाउँमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन्। मधुसुदन बस्नेत खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख बनेका छन्।
 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, साउन ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्