वासुदेव-विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत
काठमाडौं, भदौ १२ : वासुदेव-विद्यादेव लुइँटेल गुठीले हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार (२०७६) वरिष्ठ कलाकार शशी शाहलाई र हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार (२०७७) चर्चित अभिनेता किरण...
काठमाडौं, भदौ १२ : वासुदेव-विद्यादेव लुइँटेल गुठीले हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार (२०७६) वरिष्ठ कलाकार शशी शाहलाई र हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार (२०७७) चर्चित अभिनेता किरण केसी (रातामकै) लाई प्रदान गरियो।
शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शाह र केसीलाई पुरस्कार प्रदान गरे। कार्यक्रममा गुठीका पदाधिकारीहरूको पनि उपस्थिति थियो।
हास्यव्यंग्य साहित्यमा प्रसिद्धि कमाएका वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित यी पुरस्कारहरूको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।
पुरस्कार वितरण कार्यक्रमके अवसरमा गुठीका अध्यक्ष डा. सुषमा आचार्य कृत ‘कसले सुन्छ मेरो आवाज’ नामक उपन्यास र त्यसकै अंग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’ को विमोचन पनि गरिएको थियो।
प्रकाशित मिति: १४:३९ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












