Kathmandu Press

एमयूएफसी विजय चोकको टेक्नोलोजी पार्टनरमा सफ्टनेप

काठमाडौं, भदौ १२ : सी डिभिजन लिग छनोट खेल्न लागेको एमयूएफसी विजय चोक युथ क्लबले र आइटी कम्पनी सफ्टनेपसँग सहकार्य गर्ने भएको छ। सफ्टनेप...
एमयूएफसी विजय चोकको टेक्नोलोजी पार्टनरमा सफ्टनेप

काठमाडौं, भदौ १२ : सी डिभिजन लिग छनोट खेल्न लागेको एमयूएफसी विजय चोक युथ क्लबले र आइटी कम्पनी सफ्टनेपसँग सहकार्य गर्ने भएको छ। सफ्टनेप ‘टेक्नोलोजी पार्टनर’को रुपमा क्लबसँग जोडिएको हो।

नेपालको शीर्ष आईटी कम्पनी सफ्टनेप आधुनिक सफ्टवेयर विकासको क्षेत्रमा नेपालको अग्रणी कम्पनी हो। सफ्टनेपले वेबसाइट डिजाइन र होस्टिङ लगायतका काम गर्दै आएको छ।

Hardik ivf

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडको नेपाली समर्थकहरुको समूह एमयूएफसी नेपाल र विजय चोक युथ क्लबले सहकार्य गर्दै सी डिभिजन छनोट खेल्न लागेका हुन्। एमयूएफसी छनोटको समूह ‘एल’ मा रहेको छ।

प्रतियोगितामा देशभरका ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। जसमध्ये तीनवटा क्लब सी डिभिजनमा छनोट हुनेछन्।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्