Kathmandu Press

विराटनगरको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा रूपान्तरित

विराटनगरको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा रूपान्तरित

काठमाडौं, भदौ १२ : माधवकुमार नेपाल एमालेमा हुँदै उनको समूहद्वारा गठित विराटनगर महानगरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा रूपान्तरित भएको छ।

पारुल क्षेत्रीको अध्यक्षतामा रहेको  १७५ सदस्यीय कमिटीको बुधबार बसेको बैठकले सो सिंगो कमिटीलाई नै एकीकृत समाजवादीमा रुपान्तरित गर्न सर्वसम्मत निर्णय गरेको जनाइएको छ।

Hardik ivf

सर्वोच्च अदालतद्वारा नेकपा एकीकरण बदर फैसला गरिएसँगै ब्युँतिएको एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल समूहबीच चर्को द्वन्द्व चल्दै आएको थियो। नेपाल समूहले राष्ट्रिय भेला गरेर समानान्तर कमिटी गठनलाई देशभरि नै तीव्रता दिएको थियो।

सोही क्रममा विराटनगर महानगरको समानान्तर कमिटी पनि बनेको थियो।

पटकपटकको एकता प्रयास असफल भएपछि अन्ततः भदौ ९ गते निर्वाचन आयोगमा सनाखत गरेसँगै नेपाल समूहद्वारा प्रस्तवित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको हो।  

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्