Kathmandu Press

पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालनमा

पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालनमा

डोटी, भदौ १२ : वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो। 

Hardik ivf

पहिराले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए।

पहिराका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरा पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: १०:०४ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्