समता शृंखलामा अबको नागरिक समाजबारे बहस
काठमाडौं, भदौं १२ : समता फाउन्डेसनले सञ्चालन गरेको समता संवादमा अबको नागरिक समाजबारे बहस भएको छ।भर्चुुअल माध्यमबाट भएको छलफलमा अभियन्ताले ‘हामीले खोजेको नागरिक...
काठमाडौं, भदौं १२ : समता फाउन्डेसनले सञ्चालन गरेको समता संवादमा अबको नागरिक समाजबारे बहस भएको छ।
भर्चुुअल माध्यमबाट भएको छलफलमा अभियन्ताले ‘हामीले खोजेको नागरिक समाज र दलित सरोकार’ को विषयमा धारण राखेका थिए। अभियन्ता सरस्वती नेपालीले विभिन्न संघसंस्थामा काम गर्नेलाई नागरिक समाज भन्न नहुने तर्क गरिन। ‘बास्तविक नागरिक समाज बनाउन नीतिगत कुुरा ल्याउनुु आवश्यक छ,’ उनले भनिन्, ‘राजनीतिक र नागरिक समाज दुुवैलाई मिसाएर न्यायपूूर्ण नागरिक समाज बन्न सक्दैन।’
राज्यको विभिन्न निकायमा पहुुँच बढाउन नागरिक समाजको भूुमिका आवश्यक रहेको उनको भनाइ थियो। अहिले नागरिक समाजको बुुझाई अलि अस्पष्ट रहेको जनाउँदै यसलाई स्पष्ट पार्नुपर्ने उनको जोड थियो।
दलित समुुदायको व्यक्ति नागरिक समाजमा धेरै नभएको उनको उनले उल्लेख गरिन्। नागरिक समाजमा भएका व्यक्तिलाई पनि दलितको ट्याग लगाएर विभेद हुने गरेको उनको भनाइ थियो।
त्यस्तै, अभियन्ता एवं कवि अस्मिता वादीले नागरिक समाज र दलित सरोकारको विषयमा काम गर्न नागरिक समाजबारे बुुझ्नुु आवश्यक रहेको बताइन्। नागरिक समाज राज्यलाई जनताप्रति जवाफदेही बनाउने माध्यम बन्नु पर्ने उनको भनाइ थियो।
अहिले स्वतन्त्र नागरिक समाज नभएको उनको जिकिर थियो। यससँगै पछिल्लो समय महिलाको सक्रियता देखिए पनि पुुरुषवादी सोच नागरिक समाजमा कायम रहेको उनको भनाइ थियो। ‘नागरिक समाजमा सबैलाई समेट्नुुपर्छ,’ उनले भनिन्, ‘जोसुुकै पीडित भए पनि नागरिक समाजले फ्रन्टलाइनमा उभिनुपर्छ।’
बादी समुुदायका महिलामा पनि विस्तारै फरक पन आइरहेको उनले सुनाइन्। अहिले शिक्षित बन्दै गएको र पहिलेको तुुलनामा सुुधार आइरहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै अभियन्ता मुन्नीदेवी दासले अहिले नागरिक समाजमा केहीहदसम्म परिवर्तन भएको बताइन्। ‘२०६३ को आन्दोलन अधिकारको आन्दोलन थियो। त्यो समयमा दलितले पनि आफ्नो अधिकार खोजे,’ उनले भनिन्, ‘त्यसपछि सबै चुुप बस्न थाले ।’
उनले सबै दलित एक भएर बोल्नु पर्ने बताइन्। पहाड र मधेशको दलित भनेर छुट्याउनु नहुने उनको भनाइ थियो।
अहिलेको पुस्ताले भोगिरहेको पीडा अर्को पुस्ताले भोग्न नपरोस भनेर लाग्नुपर्नेमा उनको जोड थियो। त्यसका लागि नागरिक समाज बलियो हुनुपर्ने उनले बताइन्।












