स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु
धनगढी, भदौ १२ : स्यानिटाइजर पिउँदा कैलालीका एक युवकको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
धनगढी, भदौ १२ : स्यानिटाइजर पिउँदा कैलालीका एक युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनले बिहीबार स्यानिटाइजर पिएका थिए।
स्यानिटाइजर पिएर बिरामी परेका उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुरुआतमा उनको स्थानीय मेडिकलमा उपचार भएको थियो। सामान्य उपचारपछि घर फर्केका उनी गम्भीर भएपछि धनगढीकै निसर्ग अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:४० बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












