Kathmandu Press

भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु

बैतडी, भदौ १२ : भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ बैतडीका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ।दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३०...
भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु

बैतडी, भदौ १२ : भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ बैतडीका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

Hardik ivf

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर घाइते भएका थिए। उनको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी लगिएको थियो।

उनको धनगढीस्थित मायामेट्रो अस्पतातमा उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ। उनका श्रीमती र एक छोरा छन्। (रासस)

प्रकाशित मिति: ०७:२८ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्