Kathmandu Press

निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

काठमाडौं, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा...
निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

काठमाडौं, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ। 

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले वृृद्धि भएको सन्दर्भमा महासङ्घले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ। उसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना मझौला उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकाले निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन कम्तीमा १० प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ। 

Hardik ivf

तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुुका लागि नगद अनुदान रकम छुट्याइनुपर्ने सुुझाव महासङ्घले उद्योग, वाणिज्य तथा आपुूर्ति मन्त्रालयलाई दिएको छ। त्यसैगरी नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटिलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट सात दिनभित्रै सम्बन्धित उद्योग व्यवसायको बैंक खातामा अनलाइन भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम महिनामा नेपालबाट कूल २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भयो भने सोही अवधिमा अघिल्लो आवमा नौ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको थियो। यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुुधार गर्दै जानुुपर्ने महासङ्घको भनाइ छ। 

निर्यातमा पुनरकर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्यूनतम तीन वर्षका लागि गरिनुपर्ने, ढुवानी लागत बढी भएकाले नेपालले आफ्नै कन्टेनरको व्यवस्था गर्न ध्यानकर्षण गराएको छ। 

महासङ्घको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहित समितिका पदाधिकारी, सदस्य, सल्लाकारहरू सम्मिलित प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायणप्रसाद रेग्मीलाई भेटी उक्त सुुझाव दिएको हो।

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्