Kathmandu Press

परीक्षालाई मर्यादित बनाउनुपर्छ : प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं, भदौ ११ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन (प्रि एएमएस) परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी...
परीक्षालाई मर्यादित बनाउनुपर्छ : प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं, भदौ ११ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन (प्रि एएमएस) परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताएका छन्।

उक्त मिसनका लागि पूर्वआकलन (प्रि एएमएस) परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए। उनले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिए। 

Hardik ivf

नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनका लागि समयमै समन्वय गर्नु पर्नेमा उनले जोड दिए।

वरिष्ठ प्रहरी अधिकृतसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गङ्गा पन्तले परीक्षा सञ्चालनको तयारीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्