Kathmandu Press

सङ्घीयताविरोधी लोकतान्त्रिक हुन सक्दैनन् : मुख्यमन्त्री राउत

जनकपुरधाम, भदौ ११ : प्रदेश नं २ का मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लालबाबु राउत सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि...
सङ्घीयताविरोधी लोकतान्त्रिक हुन सक्दैनन् : मुख्यमन्त्री राउत
Hardik ivf

जनकपुरधाम, भदौ ११ : प्रदेश नं २ का मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लालबाबु राउत सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि लोकतान्त्रिक हुन नसक्ने बताएका छन्।

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरणमा उनले अश्वासनै आश्वासनको पछि लाग्ने पनि प्रतिगामी भएको धारणा राखे। मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई असहयोग गर्ने र सङ्घीयतालाई समाप्त गर्न खोज्नेसँग प्रिय बन्न खोज्नु आश्चर्य भएको बताए।

मुख्यमन्त्री राउतले प्रदेश सरकार शहीद परिवारको मुद्दालाई सम्बोधन गर्न गम्भीर रहेको बताउँदै यथाशीघ्र शहीद परिवारको भरणपोषणकार्य सुरु गर्ने जानकारी दिए।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्