Kathmandu Press

प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नुनपर्ने

प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नुनपर्ने

काठमाडौं, भदौ ११ : कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ। यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ पत्रकार सम्मेलन गरेर बताएको हो। 

सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताए। अनलाइनमार्फत att.nepalconsular.gov.np वा विभागको वेबसाइटwww.nepalconsular.gov.np मा गएर अनलाइन आवेदन गर्न सकिने बताउँदै उनले भरिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी दिए। 

Hardik ivf

कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताए।

'काठमाडौँबाहेक देशका कुनै पनि स्थानमा कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवाको व्यवस्था हालसम्म नभएकाले ताप्लेजुङदेखि दार्चुलासम्मका सेवाग्राहीलाई पहिलो चरणमा ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ प्रमाणीकरणको व्यवस्था अनलाइनबाट गरिएको छ। विभागका अन्य सेवालाई पनि क्रमशः विद्युतीय प्रणाालीमा लैजाने परराष्ट्र मन्त्रालयको नीति छ,' उनले भने। प्रक्रिया पूरा गरिएका आवेदकले एक कार्यदिन समाप्त भएपछि अर्को दिन प्रमाणित कागतपत्र पाउने छन्। अनलाइन प्रणालीले फर्जी कागतपत्र बन्ने जोखिम पनि पूर्णरूप हट्नेछ।

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्