Kathmandu Press

भट्टेडाँडामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

ललितपुर, भदौ ११ : वाग्मती गाउँपालिका-३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसारको...
भट्टेडाँडामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

ललितपुर, भदौ ११ : वाग्मती गाउँपालिका-३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। 

जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो।

खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए। 

Hardik ivf

‘अब किसानले आफ्ना खेतबारीको माटोको उर्वराशक्तिबारे थाहा पाउने भएका छन्। प्रयोगशालाको सुविधासँगै समयसमयमा माटो परीक्षण गर्छौं,’ उनले भने।

प्रयोगशालाका माध्यमबाट माटामा भएका अम्लीयपन घटाउन, प्राङ्गारिक मलको मात्रा बढाउन र  बिरुवालाई आवश्यक पर्ने पोषकतत्वबारे जानकारी लिन सकिने उपाध्यक्ष रञ्जना घिमिरेले बताए। 

यहाँका खेतीयोग्य जमिनका माटो परीक्षण गरेर उपयुक्त बाली लगाउन सुझाव दिइने कृषि कार्यालयका प्रमुख सुवास खनालले जानकारी दिए।

उनले भने, ‘हामीले परम्परागत खेतीमा मात्र ध्यान नदिएर आधुनिक कृषि प्रणालीमा पनि लाग्न जरुरी छ। माटो  जाँच्न  हेटौँडा पुग्नुपर्ने बाध्यता अब अन्त भएको छ । यहाँ हरेक बालीका लागि सुहाउँदो वातावरण भएकाले आगामी दिन माटो सुहाउँदो खेती गर्न प्रेरित गर्छौ।’

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँको भूबनोट र हावापानी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो।

यसैगरी  ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि : वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरिने तथा कृषिलाई आयामूलक र मर्यादित व्यवसायका रुपमा विकास गरिने योजनासमेत प्रस्तुत गरिएकोे थियो। 

गाउँपालिकाभित्र कृषि प्रसार, बजार व्यवस्थापन, बाँझो जमिन उपयोग, जनशक्ति व्यवस्थापन, चक्लाबन्दी कृषिलाई प्रोत्साहन, सहकारीको विस्तार र  सामूहिक खेती गरी एकै प्रकारको बाली लगाउन प्रेरित गरिने जनाइएको थियो।

वडा ४ प्युटारमा यसै  आवदेखि कृषि हाट बजार सञ्चालनमा ल्याइने  तथा माल्टा, प्युटार, आश्राङ र गिम्दीमा लसुनप्याज मिसन कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको थियो। 

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्