जेबी टुहुरेको निधनमा पूर्वसांसद मञ्चद्वारा दुःख व्यक्त
काठमाडौं, भदौ ११ : पूर्वसांसद मञ्चले संविधानसभा सदस्य जुठबहादुर (जेबी) टुहुरे खड्गीको निधनमा दुःख व्यक्त गरेको छ।मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेद्वारा शुक्रबार जारी...
काठमाडौं, भदौ ११ : पूर्वसांसद मञ्चले संविधानसभा सदस्य जुठबहादुर (जेबी) टुहुरे खड्गीको निधनमा दुःख व्यक्त गरेको छ।
मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेद्वारा शुक्रबार जारी विज्ञप्तिमा २०७० सालमा मोरङ जिल्ला क्षेत्र नम्बर ९ बाट निर्वाचित उनको बिहीबार निधन भएकामा दुःख व्यक्त गरिएको हो।
मञ्चका आजीवन सदस्य टुहुरेको वयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनमा श्रद्धाञ्जली अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












