Kathmandu Press

रहेनन् कवि पूर्ण वैद्य

काठमाडौं, भदौ ११ : नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको निधन भएको छ।भदौ २ गते अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका...
रहेनन् कवि पूर्ण वैद्य

काठमाडौं, भदौ ११ : नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको ८१ वर्षको उमेरमा निधन भएको छ।

भदौ २ गते अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा बिहीबार निधन भएको हो। उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो।

उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछें टोलमा भएको थियो। ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उनलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो।

२०७६ मा उनीन्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए। थुप्रै पुस्तक लेखेका उनको  ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषामा अनुवाद भएको छ। 
    
दिवंगत वैद्यको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ। 

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्