Kathmandu Press

बुद्धचित्तको दानासहित एकजना पक्राउ

ललितपुर, भदौ ११ : ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दानासहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज...
बुद्धचित्तको दानासहित एकजना पक्राउ

ललितपुर, भदौ ११ : ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दानासहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा।२ ज ३६०७  नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। 
 

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्