वकिल बिरामी भएपछि आलमको सुनुवाइ स्थगित
काठमाडौं, भदौ ११ : पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दामा शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। आलमका...
काठमाडौं, भदौ ११ : पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दामा शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
आलमका कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि ८ नम्बरमा चढेको पेसी स्थगित गरिएको हो।
न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उनको मुद्दाका सुनुवाइ हुँदै थियो।
रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते आलमलाई थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतविरुद्ध उनी उच्च अदालत पाटन गएका थिए। उक्त अदालतले पनि उनलाई थुनामा राख्न आदेश दियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन्।
ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीनवटा मुद्दामा उनी पक्राउ परेका हुन्। कसुर ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको छ।
प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












