Kathmandu Press

नदीबीचमा फसेका दाजुुबहिनीको उद्धार

कैलाली, भदौ ११ : दुईवटा नदीका बीचमा फसेका दुईजनाको उद्धार गरिएको छ।शिवगङ्गा नदी र झिलखोलाको बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका-३ कुचैनीका राजाराम सापकोटा...
नदीबीचमा फसेका दाजुुबहिनीको उद्धार
Hardik ivf

कैलाली, भदौ ११ : दुईवटा नदीका बीचमा फसेका दुईजनाको उद्धार गरिएको छ।

शिवगङ्गा नदी र झिलखोलाको बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका-३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको बिहीबार राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
    
घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो।

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्