Kathmandu Press

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

भक्तपुर, भदौ ११ : माओवादी केन्द्रका स्थायी समितिका सदस्य लीलामणि पोखरेलले एमालेसँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनाअनुसार भएको बताएका छन्।पूर्वसांसदसमेत रहेका पोखरेलले बिहीबार...
‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

भक्तपुर, भदौ ११ : माओवादी केन्द्रका स्थायी समितिका सदस्य लीलामणि पोखरेलले एमालेसँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनाअनुसार भएको बताएका छन्।

पूर्वसांसदसमेत रहेका पोखरेलले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको स्पष्ट पारे। 

‘पार्टी एकता दीर्घकालीन सोचले भएको होइन। एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो,’ उनले भने । सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको उनले जिकिर गरे। 

माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले  सङ्गठन निर्माणमा जोड दिए।

सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि-४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताए। 

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्