Kathmandu Press

आलमकाे मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, भदौ ११ : पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुन दिएको निवेदनमाथि आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।न्यायाधीश प्रकाशमानसिंह राउत...
आलमकाे मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, भदौ ११ : पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुन दिएको निवेदनमाथि आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उनको मुद्दाका सुनुवाइ हुनेछ। 

रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते आलमलाई थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतविरुद्ध उनी उच्च अदालत पाटन गएका थिए। उक्त अदालतले पनि उनलाई थुनामा राख्न आदेश दियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन्। 

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीनवटा मुद्दामा उनी पक्राउ परेका हुन्। कसुर ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको छ।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्