Kathmandu Press

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ ११ : लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेको...
पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ ११ : लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेको छ। गएराति ८ः३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

Hardik ivf

पहिरोले सडक अवरुद्ध भएको उनले जानकारी दिए। उनका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन।

सडक अवरुद्ध हुँदा काठमाडौं आउने र जाने सवारी साधन र यात्रा बाटोमै रोकिएका छन्।

प्रकाशित मिति: ०६:५१ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्