Kathmandu Press

आईसीसी बैठकमा क्यानबारे छलफल नै भएन

काठमाडौं, साउन ३ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (र्आइसिसी)को बैठकमा नेपाल क्रिकेट स.घ (क्यान)को निलम्बनबारे छलफल नै भएको छैन। बैठकले जिम्बावे क्रिके....

आईसीसी बैठकमा क्यानबारे छलफल नै भएन

काठमाडौं, साउन ३ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (र्आइसिसी)को बैठकमा नेपाल क्रिकेट स.घ (क्यान)को निलम्बनबारे छलफल नै भएको छैन। बैठकले जिम्बावे क्रिकेट बोर्डलाई भने निलम्बन गरेको छ।

ईग्ल्यान्डको लन्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल नगरेको जनाएको छ। आईसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई २०७३  वैशाख १३ गते निलम्बन गरेको थियो।

त्यसयता फुकुवाका लागि बारम्बार प्रयास भए पनि सफल हुन सकेको छैन। आईसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आईसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ।

त्यसैगरी आईसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ। जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसिसीले जिम्बावेलाई निलम्बन गरेको हो।

सरकारी हस्तक्षेप बढेको र आईसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।

आईसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ। जिम्बावे अहिले आर्थिक सङ्कटमा छ। आईसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महिनानाभित्र यस मुद्दालाई समाधान गर्न अल्टिमेटम दिएको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, साउन ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्