Kathmandu Press

नेपाली टिमको बन्द प्रशिक्षण कतारमा

काठमाडौं, भदौ १० : नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपअघि नेपाली टिमले...
नेपाली टिमको बन्द प्रशिक्षण कतारमा

काठमाडौं, भदौ १० : नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपअघि नेपाली टिमले कतारमा बन्द प्रशिक्षण गर्ने जनाएको छ। 

एन्फाका अनुसार भारतसँगका मैत्रीपूर्ण खेल गलगत्तै २५ खेलाडीसहितको नेपाली टिम कतार जाने छन्। र, नेपाली टिम कतारमा बन्द प्रशिक्षण गरेर उतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्ने छ।

नेपाल दरशथ रंगशालामा आगामी सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेलपछि ५ दिन आराम गरेर नेपाली टिम सेप्टेम्बर १० मा कतार प्रस्थान गर्ने एन्फाले जनाएको छ। 

नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । मंगलबार मात्र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, शिशिर लेखी र अर्पण कार्कीलाई बाहिर निकाल्दै २५ सदस्यी टिम छनोट गरेका थिए । सोही टिम कतार जाने छ।

साफ च्याम्पियनसिप १ अक्टोरदेखि १६ अक्टोरबसम्म माल्दिभ्समा हुने छ। ५ टिममात्र सहभागी प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँगै खेल्ने छ। दोस्रो खेल ४ अक्टोबरमा श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल भारतसँग १० अक्टोबरमा खेल्ने छ भने लिगको अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ।

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्