एसिड प्रहारकर्तालाई साढे १० वर्ष कैद फैसला, पीडितलाई प्रदेश सरकारबाट ५ लाख सहयाेग
धनुषा, भदौ १० : पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले साढे १० वर्ष कैदको सजाय सुनाएको छ।जनकपुरधाम उपमहानगरपालिका-७...
धनुषा, भदौ १० : पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले साढे १० वर्ष कैदको सजाय सुनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका-७ पेठिया बजारकी २२ वर्षीया पत्नी आरती साह र ४ वर्षीया छोरी रियालाई साहले एसिड प्रहार गरेका थिए।
जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले बिहीबार साहलाई १० वर्ष ६ महिनाको कैदसहित ६ लाख ५० हजार क्षतिपूर्तिको लागि जरिवाना तोकेको छ।
साह र एसिड बिक्री गर्ने नागेन्द्र साहविरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै मागदाबी गरिएको थियो। तर नागेन्द्रलाई भने अदालतले सफाइ दिएको छ।
पतिसँग विवाद भएपछि छोरीलाई लिएर डेरामा बस्दै आएकी आरतीमाथि कात्तिक २९ गते बिहान साहले एसिड प्रहार गरेका थिए।
एसिडपीडित आरतीलाई आजै प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको छ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकासमन्त्री नवल किशोर साहले आरतीलाई भेटेर सो परिमाणको सकमको चेक हसतान्तरण गरेका हुन्।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
