Kathmandu Press

हास्यकलाकार हरिवंशले ल्याए ‘ए कालु भेना’ 

काठमाडौं, भदौ १० : कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र सुस्ताइरहेको बेला चलचित्रका कलाकारहरू यतिबेला म्युजिक भिडियोमा व्यस्त छन् भइरहेका छन्। केहि समयअघि ‘माछीलाई खोलिको...
हास्यकलाकार हरिवंशले ल्याए ‘ए कालु भेना’ 

काठमाडौं, भदौ १० : कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र सुस्ताइरहेको बेला चलचित्रका कलाकारहरू यतिबेला म्युजिक भिडियोमा व्यस्त छन् भइरहेका छन्। 

केहि समयअघि ‘माछीलाई खोलिको लेउ’ बोलको गीत ल्याएका हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले हालै ‘ए कालु भेना’ बोलको गीत पनि सार्वजनिक गरेका छन्। 

गीतमा हरिवंशको आफ्नै आवाज, शब्द तथा संगीत रहेको छ। मिलन नेवारले हरिवंशलाई आवाजमा साथ दिएकी छिन्। गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा,नवराज उप्रेतीको छायांकन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। 

गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलको अभिनय रहेको छ। गीत युट्युब च्यानल ‘गज्जबको टीभी’मा उपलब्ध छ।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्