Kathmandu Press

फोहोर टिप्ने बहानामा पैसा चोरेको आरोपमा पक्राउ 

काठमाडौं, भदौ १० : फोहोर टिप्ने बहानामा पैसा चोरेको आरोपमा ललितपुरबाट पक्राउ परेका छन्।फोहोर टिप्ने बहाना बनाई करिब नगद १ लाख ८५ हजार...
फोहोर टिप्ने बहानामा पैसा चोरेको आरोपमा पक्राउ 

काठमाडौं, भदौ १० : फोहोर टिप्ने बहानामा पैसा चोरेको आरोपमा ललितपुरबाट पक्राउ परेका छन्।

फोहोर टिप्ने बहाना बनाई करिब नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको आरोपमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलांगेलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट  जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट पक्राउ गरेको हो।

साथै उनको साथबाट दुई थान ल्यापटप र एक थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। तोलांगे बिजुलीको तार चोरी मुद्दामा २०७२ असोजमा पक्राउ परी जेलचलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्