Kathmandu Press

अवैध लागूऔषधसहित ६ जना पक्राउ   

काठमाडौं, भदौ १० : काठमाडौं, झापा, सुनसरी र कञ्चनपुरमा अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।   काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ केजी ७...
अवैध लागूऔषधसहित ६ जना पक्राउ   

काठमाडौं, भदौ १० : काठमाडौं, झापा, सुनसरी र कञ्चनपुरमा अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।   

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ केजी ७ सय ग्राम अवैध लागूऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित दुुईजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफु बस्ने २८ वर्षीया रुपा शेर्पा उनका पति ३६ वर्षीय पाराङवा तामाङ छन्।

Hardik ivf

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६६१९ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार रुपालाई जाँच गर्दा उक्त पदार्थसहित फेला पारेको हो।

उक्त सामान पतिले पठाएको भन्ने खुल्न आएपछि प्रदेश ३–०२–०१४ प ६२१९ नम्बरको स्कुटरमा काठमाडौंतर्फे आउँदै गरेका पाराङवालाई  समेत पक्राउ गरेको प्हरकिो भनाय छ। 

झापाको कचनकबल गाउँपालिका–५ बस्ने ३७ वर्षीय उपेन्द्र लाल गणेशलाई ७ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–९ गौतमपथबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने ३७ वर्षीय रोशन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

को२ह १५८८ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा लुकाई राखेको उक्त पदार्थ फेला पारी अटो 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बसपार्कबाट ५ ग्राम ८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र ४१ हजार ७० रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका–५ बस्ने सुरेन्द्र राज भट्ट र भीमदत्त नगरपालिका–८ बस्ने प्रकाश औजी रहेका छन्।

सोही ठाउँस्थित सडक किनारमा पार्किङ गरी राखेको ना४ ख ८२०५ नम्बरको बसभित्र बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र वडा प्रही कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो।
 

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्