Kathmandu Press

कास्की र मोरङमा एकएकजना मृत फेला   

काठमाडौं, भदौ १० : कास्की र मोरङमा एकएकजना मृत अवस्थामा भेटिएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-११ पल्लो सिनवास्थित घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा सोही...
कास्की र मोरङमा एकएकजना मृत फेला   

काठमाडौं, भदौ १० : कास्की र मोरङमा एकएकजना मृत अवस्थामा भेटिएका छन्। 

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ पल्लो सिनवास्थित घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा सोही गाउँपालिका–११ छुम्रुङ बस्ने खोटाङ मझुवागढी नगरपालिका–१२ घर भएका ३२ वर्षीय ललित राई बुधबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

त्यस्तै मोरङ, बुढीगंगा गाउँपालिका–६ स्थित डल्ले पुलमुनि नहरमा हाल नाम, थर, वतन नखुलेका ३६ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।  

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्