Kathmandu Press

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

मनाङ, भदौ १० ः जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन्।असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास,...
मनाङका सरकारी कार्यालय प्रमुखविहीन

मनाङ, भदौ १० : जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन्।

असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन्। कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन्। 

प्रमुख हिँडेपछि कार्यालय सुनसान छन्। कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्। तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन्।

Hardik ivf

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ।

‘घर बिदामा जानुभएका कार्यालय प्रमुख बाढीपहिराका  कारण सडक अवरुद्ध भएपछि कार्यालय फर्किनुभएको छैन,’ प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ। अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि होला ।’

मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित रहेका छन्।

त्यस्तै बाढीपहिराका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर रहेका छन्।

विद्युत् मर्मत तथा सम्भारका साथै विद्युत् आपूर्तिका लागि काम गर्नुपर्ने अवस्थामा सडक सञ्जालको समस्या देखाउँदै उनी जिल्ला बाहिर रहेको बताइएको छ।

कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपद् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताए। 
 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्