Kathmandu Press

सुनसरीमा फरार ८३ प्रतिवादी एकैदिन पक्राउ  

  सुनसरी, भदौ १० : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरेको...
सुनसरीमा फरार ८३ प्रतिवादी एकैदिन पक्राउ  

  
सुनसरी, भदौ १० : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।  

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जनासमेत गरी चालु आव २०७८र७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ  जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

पक्राउ पर्नेहरूमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टाचार, गाली बेइज्जतीलगायत मुद्दाका फरार प्रतिवादी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्