किशोरी बलात्कार आरोपमा तीनजना पक्राउ
काठमाडौं, भदौ १० : किशोरी बलात्कार आरोपमा दुईजना बर्दियाबाट एक र दाङबाट दुइृ गरी चारजना पक्राउ परेका छन्। बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी...
काठमाडौं, भदौ १० : किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक र दाङबाट दुई गरी चारजना पक्राउ परेका छन्।
बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गुलरिया नगरपालिका-७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर छन्।
उनीहरुले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












