Kathmandu Press

पहिराेले थुनेको रघुगंगा नदी भरिएर बग्न थाल्यो

पहिराेले थुनेको रघुगंगा नदी भरिएर बग्न थाल्यो

म्याग्दी, भदौ १० : म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराेले नदीको पानी थुनेकामा अहिले भरिएर बग्न थालेको छ। रायखोर र मूलपानीको बिचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो। गाउँपालिकाको वडा नं ६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए। 

अहिले यहाँ ५०० मिटरभन्दा लामो ताल बनेको छ। ताल फुटेमा तटीय क्षेत्रमा रहेका बस्तीमा असर पर्ने र पहिरो निरन्तर खसिरहेकाले थप जोखिम हुनसक्ने चिन्ता उनको थियो। धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो। नदी थुनिएको स्थानको वरपर अहिले जलमग्न भएको छ। 

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ भने। नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ। 
 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्