Kathmandu Press

होबर्टले सम्झौता नविकरण गरेपछि सन्दिपले खेल्ने भए बिग बास लिग

काठमाडौं, भदौ १० : होबर्ट हरिकेन्सले सम्झौता नविकरण गरेपछि नेपालका युवा खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन्। उनलाई यस...
होबर्टले सम्झौता नविकरण गरेपछि सन्दिपले खेल्ने भए बिग बास लिग

काठमाडौं, भदौ १० : होबर्ट हरिकेन्सले सम्झौता नविकरण गरेपछि नेपालका युवा खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन्। उनलाई यस वर्ष पनि होबर्ट हरिकेन्सले अनुबन्धन गरेको हो।

सन्दीपलाई आफ्नो क्लबमा नवीकरण गरेको होबर्टको आधिकारिक फेसबुक पेजले पुष्टि गरेको छ। साथै, उनी अन्तर्राष्ट्रिय अनुबन्धन गर्नेमा उनी पहिलो विदेशी खेलाडी भएको पनि पेजले पुष्टि गरेको छ। बीबीएल आगामी डिसेम्बर ५ देखि अष्ट्रेलियामा सुरु हुँदैछ।

मेलवर्न स्टार्सबाट डेब्यु गरेको सन्दीपले गत सिजन पनि होबर्टबाट नै खेलेका थिए। उनले गत सिजन होबर्टका लागि ८ खेलमा सहभागिता जनाउँदा ८ विकेट लिएका थिए। अहिलेसम्म उनले बीबीएलमा २९ खेलमा ३४ विकेट लिएका छन्।

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्