संसद्को स्थिरताका लागि अध्यादेश ल्याइएको हो : मन्त्री कार्की
सुनसरी, भदौ १० : संसद्को स्थिरताका लागि सरकराले अध्यादेश ल्याएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।सुनसरीको कोशी...
सुनसरी, भदौ १० : संसद्को स्थिरताका लागि सरकराले अध्यादेश ल्याएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गरे। उनले भने, 'सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो।'
गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको उनको भनाइ थियो। अब वर्तमान सरकारले छिट्टै पूर्णता पाउने उनले बताए।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उनी सुनसरी पुगेका हुन्।
प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












