Kathmandu Press

काबुलमा रहेका ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौं, भदौ १० : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले जनाएको...
काबुलमा रहेका ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौं, भदौ १० : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेको सरकारले जनाएको छ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका जनाएको छ। तर, त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।

Hardik ivf

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौं ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ।

 

प्रकाशित मिति: ०६:३६ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्