Kathmandu Press

फुटबल प्रशिक्षक भन्छन्, ‘म छाड्छु, राजनीति गर’

काठमाडौं, भदौ ९ : नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत...
फुटबल प्रशिक्षक भन्छन्, ‘म छाड्छु, राजनीति गर’

काठमाडौं, भदौ ९ : नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् ।

आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएकै दिन अल्मुताइरीले यस्तो संकेत गरेका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)  उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो प्रकरण छानबिनका लागि गठन गरिएको समितिले प्रतिवेदन राखेपलाई बुझाएको छ ।

राखेपले बनाएको समितिले आफ्नो प्रतिवेदनमा अल्मुताइरीले साउन १० मा लेखेको स्टाटस हटाउनु पर्ने उल्लेख गरेको छ । अल्मुताइरीले स्टाटसमा आफूसँग नेम्वाङले निरन्तर ‘ड्रामा’ गरिरहेको आरोप लगाएका थिए ।  

बुधबार साँझ अल्मुताइरीले नयाँ स्टाटस लेख्दै, ‘म बाहिरिन्छु, अब काम राजनीतिले नै गरोस’ भनेका छन् । समितिले बुझाएको प्रतिवेदनतर्फ लक्षित गर्दै उनले यस्तो स्टाटस् पोष्ट गरेका हुन् । 

प्रकाशित मिति: १९:४९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्