Kathmandu Press

१०४ किलो गाँजा, ट्रक र चालक प्रहरी नियन्त्रणमा

टिस्टुङ, भदौ ९ : मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै...
१०४ किलो गाँजा, ट्रक र चालक प्रहरी नियन्त्रणमा
Hardik ivf

टिस्टुङ, भदौ ९ : मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा हिजो मङ्गलबार साँझ प्रहरीले दोबाटोमा ट्रक रोकेर जाँच गर्दा बोराका बीच भागमा आठ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हो। गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता रिमालले जानकारी दिए।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्