Kathmandu Press

मानसरोवर हिँडेका चर्चित सद्गुरु हुम्ला सिमकोट आइपुगे

हुम्ला, भदौ ९ : चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्।उनी मानसरोवर कैलाशको दर्शनका लागि नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल जाने उद्देश्यले हुम्ला...
मानसरोवर हिँडेका चर्चित सद्गुरु हुम्ला सिमकोट आइपुगे

हुम्ला, भदौ ९ : चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्।

उनी मानसरोवर कैलाशको दर्शनका लागि नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल जाने उद्देश्यले हुम्ला आइपुगेका हुन्।

Hardik ivf

उनी मंगलबार नै हुम्ला आउने कुरा भए पनि खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसक्दा बुधबार मात्र सद्गुरु हुम्ला आइपुुगेको जनाइएको छ।

उनी दुुईजना साथीसहित काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट सिमकोट विमानस्थलसम्म हवाईजहाजमा आएका हुन्। विमानस्थलमा ओर्लिएपछि उनले सिमकोटलाई अत्यन्त सुन्दर ठाउँ भएको बताएका थिए।

सद्गुरु हिँडेरै बास बस्ने स्थानसम्म हिँडेर गए। उनी सिमसार क्षेत्रको खेल मैदानमा टाँगिएको पालमा बस्ने जनाइएको छ। उनी एक दिन सिमकोटमै बस्ने र बिहीबार बिहानदेखि लाप्चातर्फको पैदलयात्रा सुरु गर्ने कार्र्यक्रम छ।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्