Kathmandu Press

सशस्त्रका वरिष्ठ हवल्दारसहित दुईजना अख्तियारको नियन्त्रणमा

काठमाडौं, भदौ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। महोत्तरीको गौशाला नगरपालिका-५ रामनगरस्थित सशस्त्र प्रहरी बल,...
सशस्त्रका वरिष्ठ हवल्दारसहित दुईजना अख्तियारको नियन्त्रणमा
Hardik ivf

काठमाडौं, भदौ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। 

महोत्तरीको गौशाला नगरपालिका-५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत साहले साहले घरमा प्रयोग गर्न बिस्कुटलगायत घरायसी सामग्री नेपाल-भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५ हजार घुसरिसवत मागेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी महोत्तरीको गौशाला नगरपालिका बस्ने रामआशिष साहलाई ५ हजार रुपैयाँ घुसरिसवत लिइसकेको अवस्थामा गौशाला नगरपालिका-४ निगौल चोकबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तिायारका प्रवक्ता नारायणप्रसाद रिजालले बताए।
 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्