Kathmandu Press

ललितपुरमा भदौ १० र ११ गते विद्यार्थीलाई भेरोसेल खोप दिइने

ललितपुर, भदौ ९ : ललितपुर महानगरपालिकाले आगाम बिहीबार र शुक्रबार (भदौ १० र ११ गते) महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कोरोनाविरुद्धको...
ललितपुरमा भदौ १० र ११ गते विद्यार्थीलाई भेरोसेल खोप दिइने

ललितपुर, भदौ ९ : ललितपुर महानगरपालिकाले आगाम बिहीबार र शुक्रबार (भदौ १० र ११ गते) महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।

उनीहरूलाई भेरोसिलको पहिलो डोज दिन लागिएको महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

सोही दिनमा महानगरभित्र बसोबास गर्ने ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसिलको पहिलो डोज दिन लागेको पनि सूचनामा उल्लेख छ।

भेरासिलको पहिलो डोज लगाएको तीन साता पूूरा भएकालाई भदौ १२, १३ र १४ गते दोस्रो डोज दिन लागेको महानगरले जनाएको छ।

विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र अन्यलाई उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाइनेछ। दोस्रो डोजलगाउनेले पहिलो खोप लगाउँदा पाएको कार्ड लिएर जानुपर्नेछ।

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्