विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ
काठमाडौं, भदौ ९ : विभिन्न वन्यजन्तुको आखेटोपहारसहित नागढुंगाबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई...
काठमाडौं, भदौ ९ : विभिन्न वन्यजन्तुको आखेटोपहारसहित नागढुंगाबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई सोमबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई दुई थान हुचिलको खुट्टाजस्तो देखिने वस्तु, दुई थान हुचिलको पन्जाजस्तो देखिने वस्तु, दुईथान हाल यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम यकिन हुन नसकेको जनावरको सुकुटी, तीन थान शंखजस्तो देखिने वस्तु, एक थान सेतो टल्कने ढुंगा र नगद ४० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।
शंख र ढुंङ्गा आवश्यक अनुसन्धानका लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।












