Kathmandu Press

२ जेठमा फर्कने निर्णयपछि एमाले कर्णालीका पूर्वघोषित कार्यक्रम स्थगित

कर्णाली, भदौ ९ : नेकपा एमालेले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रम स्थगन गरेको छ।मंगलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल...
२ जेठमा फर्कने निर्णयपछि एमाले कर्णालीका पूर्वघोषित कार्यक्रम स्थगित

कर्णाली, भदौ ९ : नेकपा एमालेले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रम स्थगन गरेको छ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठक स्थगन गरेको हो। 

Hardik ivf

प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रम स्थगन गरिएको जानकारी दिए। यही भदौ ३ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ १० देखि २१ गतेसम्म जिल्ला कमिटीका बैठक सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

लामो समय पार्टी बैठकमा सहभागी नभएका स्थायी कमिटीका सदस्यहरूसमेत सहभागी बैठकले १० बुँदे सहमति कार्यान्वयनको कार्यतालिका बनाएपछि एमालेका तल्ला कमिटीले पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेका हुन्। 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्