Kathmandu Press

डुबेर पाँचजनाको मृत्यु

काठमाडौं, भदौ ९ : सप्तरी, झापा र धनुषामा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा बुधबार दिउँसो खाल्डोमा डुबेर एक...
डुबेर पाँचजनाको मृत्यु

काठमाडौं, भदौ ९ : सप्तरी, झापा र धनुषामा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा बुधबार दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

मृत्यु हुनेमा हनुमाननगर कङकालिनी-१० का रामलखन खङ्गको तीन  वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ। घरदेखि  २ सय मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन्।

त्यसैगरी झापाको भारत डिगलबैक मालीटोली बस्ने २२ वर्षीया रबिना देबी दास, २० वर्षीया पुजा कुमारी दास र १८ वर्षीया देविका दासको स्थानीय पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।

हजुरआमाको वर्ष दिने पूजा गर्ने क्रममा उक्त पोखरीमा डुबेर अशक्त भएका उनीहरुको उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

यस्तै धनुषाको धनुषाधाम नगरपालिकापा-२ मङगलपुर बस्ने चन्देश्वर यादवकी तीन वर्षीया छोरी रितिकाकुमारी यादवको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ।

सोही ठाउँस्थित पानी जमेको खेतमा खेल्ने क्रममा डुबेर आशक्त भएकी उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्