१० बुँदे सहमति कुल्चेर नेपालले नयाँ दल खोल्नु दुर्भाग्यपूर्ण : योगेश

काठमाडौं, भदौ ८ : एमाले सचिव योगेश भट्टराईले माधवकुमार नेपालले १० बुँदे सहमतिलाई बेवास्ता गर्दै नयाँ दल खोल्नुलाई दुर्भाग्यपूर्ण भएको बताएका छन्।
बुधबार उमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी विभाजनका कारण देशभरिका नेताकार्यकर्तामा निराशा उत्पन्न भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल सुरु गरिएको बताए।
उनले एमाले फुटाउन विभिन्न शक्ति केन्द्र लागिरहेको दाबी गरे। एमाले विवाद समाधानार्थ गठित कार्यदलले अथक मिहिनेत गरेर १० बुँदे सहमति कायम गरे पनि माधवकुमार नेपालले त्यसलाई बेवास्ता गर्दा एमाले विभाजनमा गएको उनको भनाइ थियो।
उनले भने, ‘जनताको लोकप्रिय पार्टी एमालेको विभाजनले कसैको पनि हित गर्दैन।’ उनले मंगलबार आयोजित स्थायी कमिटीको बैठकले पार्टी विभाजनमा साथ नदिन नेताहरुलाई आग्रह गरेको जानकारी पनि दिए।
प्रकाशित मिति: १३:३३ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












