Kathmandu Press

प्रदीप नेपाल एकीकृत समाजवादीमा

काठमाडौं, भदौ ९ : एमाले नेता प्रदीप नेपालले निर्वाचन आयोग पुगेर माधव नेपालको नेतृत्वमा गठित नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई समर्थन गरेका छन्।एमालेमा...
प्रदीप नेपाल एकीकृत समाजवादीमा

काठमाडौं, भदौ ९ : एमाले नेता प्रदीप नेपालले निर्वाचन आयोग पुगेर माधव नेपालको नेतृत्वमा गठित नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई समर्थन गरेका छन्।

एमालेमा विभाजनको अवस्था आएलगत्तै माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा प्रदीप नेपालको नाम पनि समेटिएको थियो। तर उनले आफू कतै नरहेको प्रतिक्रिया दिएका थिए।

एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टी) को दर्ता सनाखत प्रक्रिया निर्वाचन आयोगमा जारी रहेका बेला प्रदीप नेपाल आयोग पुगेका हुन्। उनको नाम सनाखत भइसकेको बताइएको छ।

केही वर्षयता उनी पार्टीमा निष्क्रिय रहँदै आएका थिए। माधव नेपालको पक्षमा खुलेसँगै अब उनको राजनीतिक यात्रा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बाट अघि बढ्नेछ।

आयोगमा उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन चाहेनन्।

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्