Kathmandu Press

ओलीको दाबीः मैले दल फुटाउन अध्यादेश ल्याएको थिइनँ

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री छँदा कुनै दललाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याएको दाबी गरेका छन् । वर्तमान सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले अध्यादेश ल्याएको आरोप उनले लगाए ।
ओलीको दाबीः मैले दल फुटाउन अध्यादेश ल्याएको थिइनँ
Hardik ivf

काठमाडौं, भदौ ९ : एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री छँदा कुनै दललाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याएको दाबी गरेका छन् । वर्तमान सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले अध्यादेश ल्याएको आरोप उनले लगाए ।

संसद् अधिवेशन जारी रहेको समयमा अचानक मध्यरातमा अन्त्य गरेर अध्यादेश ल्याइएको उनको दाबी थियो ।

‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो। १२ बजे अन्त्य गर्ने र भोलिपल्ट बिहान अध्यादेश ल्याउने काम मेरो सरकारले गरेको थिएन,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको उनले दाबी गरे ।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्