सी डिभिजन लिगका लागि विजय चोक क्लबले प्रतिस्पर्धा गर्ने
काठमाडौं, भदौ ९ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद मेमोरियल सी डिभिजन छनोट प्रतियोगितामा एमयूएफसी बिजय चोक युथ क्लबले पनि...
काठमाडौं, भदौ ९ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद मेमोरियल सी डिभिजन छनोट प्रतियोगितामा एमयूएफसी बिजय चोक युथ क्लबले पनि प्रतिस्पर्धा गर्ने भएको छ।
यो चर्चित बेलायती फुटबल क्लब म्यानचेस्टर युनाइटेडका समर्थकहरुको क्लब हो। यो सन् २०१२ मा स्थापना भएको हो।
सुरुआति दिनमा हप्ताको एक दिन शनिबार भेला भएर क्लबप्रति सम्मान प्रकट गर्दै आएका थिए। क्लब स्थापना पछि विभिन्न प्रतियोगितामा पनि सहभागी हुँदै आएका छन्।
अहिलेसम्म यो क्बलले नैकाप गोल्ड कप, सुटरर्स कपमा प्रतिस्पर्धा गरिसकेको छ। यससँगै यो क्बल सामाजिक कार्यमा पनि संलग्न रहेको छ।
प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












