Kathmandu Press

‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ’

काठमाडौं, भदौ ८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा...
‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ’
Hardik ivf

काठमाडौं, भदौ ८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पूर्णरूपमा निस्तेज पार्नुपर्ने उल्लेख गरे। उनले प्रहरीलाई सामाजिक हैसियतको ख्याल राखी मीठो बोली वचन, इमान र पूर्ण व्यावसायिकताका साथ सङ्गठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी बहन गर्न निर्देशनसमेत दिए। सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने प्रहरी महानिरीक्षक थापा क्षेत्रीको भनाइ थियो। 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्