Kathmandu Press

स्रोत नखुलेको ८५ लाख ९६ हजारसहित ३ जना पक्राउ

स्रोत नखुलेको ८५ लाख ९६ हजारसहित ३ जना पक्राउ

काठमाडौं, भदौ ८ : प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिकाका ३२ वर्षीय लक्ष्मण पौडेल रहेका छन्। उनलाई प्रहरीले काठमाडौंको खिचापाखरीबाट झोलामा बोकेर हिँडेको ३१ लाख रुपैयाँसहित पक्राउ गरेको हो। 

त्यस्तै प्रहरीले वडा नम्बर २४ फसिकेवबाट अभिषेक अग्रवाललाई पक्राउ गरेको छ। प्रहरीले उनले सञ्चालन गर्दै आएको होलिडेज ट््ेडिङ प्रा.लिमा खन्तलासि गर्दा ५४ लाख ५६ हजार रुपैयाँ फेला पारेको छ। 
साथै प्रहरीले उनका कामदार मधुसुधन खडकालाई पनि पक्राउ गरेको छ। 

उनीहरुले समानन्तर बैकिंङ कारोबार (हुण्डी) को कारोबार गरेको हुनसक्ने आशंकामा वृत्त जनसेवाबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्