Kathmandu Press

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
Hardik ivf

कैलाली, भदौ ८ : कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ। 

गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए।

अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्